Logo

जनकपुर पुगेका माधव नेपालले खोजे प्रदेश सरकारमा पनि नेतृत्वको भाग



काठमाडौं, १५ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका छन् । पार्टीनिकट प्रेस संगठन समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘एउटै पार्टीको बहुमत नभएको अरु पार्टीले संख्यालाई ध्यानमा राखेर गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन्, को को सहभागी हुने अझै क्लियर छैन। सबै पार्टीले धारणा प्रष्ट पारेपछि सबै विषयमा अन्तिम टुंगोमा पुग्नुपर्छ।’ संघमा पनि एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भैसकेको छ । सो सहमतिअनुसार नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने चर्चा छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्