Logo

अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको सरकारलाई योगेशको यस्तो सुझाव



काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले अयोग्य लडाकुलाई रकम नबाँड्न सुझाव दिएका छन् । बरु, सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा बरु त्यत्तिनै रकम थपेर सार्वजनिक सेयर आह्वानमार्फत ५ अर्बको पब्लिक कम्पनी स्थापना गर्न सुझाव दिएका छन् । उक्त रकमले उद्योग वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगगारीको व्यवस्था गर्ने बताएका छन् ।

उनले लेखेका छन्-

आयोग्य लडाकुका बारेमा
अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको ब्यबस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कंपनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारी को ब्यबस्था गर्ने ।पुंजि बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot