काठमाडौं, १५ बैशाख । विगत लामो समयदेखि नागरिकताको लागि संघर्ष गर्दै आएको नागरिकताविहीन संघर्ष समितिले आज मोरङ जिल्ला प्रशासन कार्यालयको गेटबाहिर रिले अनशन सुरु गरेको छ।
समितिका तर्फबाट राष्ट्रिय अध्यक्ष ई.इन्द्रजीत साफीलगायत अमन बर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेल अनशनमा छन् । उनीहरुले आफूहरुको संघर्ष जारी रहेको र माग पूरा गर भन्ने प्लेटसमेत राखेका छन् । उनीहरुले पछिल्लो दिन नागरिकता विद्येयक प्रमाणीकरणको लागि दबाब दिँदै आएका छन् ।