Logo

कांग्रेस नेता भण्डारी भोली स्वदेश फर्कदै



काठमाडौं, वैशाख १६ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भोली वैशाख १७ गते स्वदेश फर्कदै छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा भण्डारी निकट श्रोतले जनाएको छ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् । आगलागीमा गम्भीर घाइते भएका भण्डारीलाई फागुन ४ गते उपचारका लागि भारत लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot