Logo

नेपालविरुद्ध ११ रनमै गुमायो कुवेतले तीन विकेट



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतलाई सुरूवातमै तीन झट्का लागेको छ ।

कुवेतले ०।५ ओभरमा पहिलो विकेट स्वरुप करण केसीको बलमा अद्नान इदरिस  आउट भएकामा १।३ ओभरमा सोमपाल कामीको बलमा परविन्दर कुमार पनि आउट भएका थिए ।

भने भर्खरै २।३ ओभरमा करण केसीको बलमा मिट भवसागर आउट भएका छन् । उनि ५ रनमा आउट भएका हुन् ।

ताजा अवस्थामा कुवेत २ ओभरमा तीन विकेट गुमाएर ११ रन बनाएर खेलिरहेको छ  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot