Logo

आईपीएल : आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै



काठमाडौं, वैशाख २५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् । आजको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी सिजनमा राजस्थानले खेल्न लागेको यो ११औँ खेल हो । दिल्लीले भने १२औँ खेल खेल्न लागेको हो । हालसम्म खेलिएका १० खेल मध्ये राजस्थान आठ खेलमा विजयी भएको छ भने दिल्लीले ११ खेल मध्ये पाँच खेलमा जित हात पारेको छ । दिल्ली १० अंकसहित तालिकाको छैटौँ स्थानमा छ । १६ अंकसहित राजस्थान तालिकाको दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot