काठमाडौं, १६ बैशाख । राप्रपाका केन्द्रीय सामाजिक विभाग प्रमुख विनय रावलले पार्टीको मुख्य एजेण्डा नै देशमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीहरुलाई यथोचित, निर्मम र कडा कारबाही गर्नु भएको स्मरण गराएका छन् । रावलले दिर्घकालिन रुपमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नको लागि पार्टीले अब देशव्यापी रुपमा बृहत्त आन्दोलनको आँधीबेहरीको तयारी गरेको पनि खुलासा गरेका छन् ।
रावलले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । उनले आफूहरु आफ्नो वाचा र एजेण्डामा अडिग रहेको पनि सुनाएका छन् । उनले स्वतन्त्र शक्तिशाली उच्च आयोग गठन गरेर भ्रष्टाचारको छानबिन गर्नुपर्ने पनि माग गरेका छन् ।
रावलले भनेका छन्–