काठमाडौं, वैशाख १७ । संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ । बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।
उपसभापति अर्यालले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएपछि रास्वपामा अहिले उक्त पद रिक्त छ ।
१० वैशाखमा भएको उपनविर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रवि फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।