Logo

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आजै राति नेपाल फर्किने



काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने तयारीमा छन् । राष्ट्रपति पौडेलको सचिवालयले जनाएअनुसार उनी आजै बेलुकी ८ः३० बजे काठमाडौं आईपुग्ने भएका छन् ।

उनी यसअघि श्री एयरलाइन्स चाटडए गरेर भारत गएका थिए । आज स्वदेश फर्कँदा भने नेपाल एयरलाइन्सको नियमित उडानबाट आउने भएका हुन् । उनको भारतमा भएको उपचारलाई लिएर संसद्मा समेत कुरा उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्