Logo

कांग्रेस नेता महर महावीर पुनको मागको पक्षमा, सरकारसँग यस्तो अनुरोध



काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महावीर पुनका मागप्रति ऐक्यबद्धता जनाएका छन् । उनले पुनको मागलाई आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा समावेश गर्ने ग्यारेन्टी गर्न तीनै तहका सरकारसँग अनुरोध गरेका छन् । पुन अहिले माइतीघरमा धर्नामा छन् । सो अवसरमा नेता महरले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो अनुरोध गरेका हुन् ।

उनले भनेका छन्–‘

अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकोमा मागलाई आर्थिक वर्ष २०८०र८१ को वजेटमा समावेश गर्ने ग्यारेण्टी गर्न तिनै तहका सरकार संग अनुरोध गर्दछु । वर्षदिन अगाडी आविष्कार केन्द्र किर्तिपुरमा सवै तहका सरकारले १५ वजेट आविष्कारका लागि छुट्टयाउनु पर्ने वारे वैज्ञानिक पुनले भन्नु भएको र उक् तबिषयमा वहाँ संग मेरो छलफल भएको थियो । त्यसै वेला नेपाली काँग्रेस पार्टी र नेपाल सरकार संग यो विषयमा ध्यानाकर्षण गराएको समेत जानकारी गराउछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot