Logo

कृषिमा लगानी गर्न सरकार कन्जुस छ : कृषिमन्त्री भुषाल



काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले कृषिमा लगानी गर्ने कुरामा सरकार कन्जुस भएको आरोप लगाएका छन्।

पेशागत महासंघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री भुषालले कृषिमा लगानी गर्ने कुरामा सरकार कन्जुस भएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा बजेट विनीयोजनका लागि कुनै चाँसो नदेखाएको बताउँदै उनले भने, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ। कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ। तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ। बजेट कृषिको पनि काटेको छ। कृषिको त नकाटम न भनेको के गर्नु खोई, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्राधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन।’

कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैले पनि धेरै चासो नदेखाएको उनले बताएका छन्। ‘पहिलो कुरा सिँचाईको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ। १० लाख ३० हजार हेक्क्टर जमिन बाँझो छ। त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ। सरकार कुनै न कुनै हिसावले यो जमिन प्रयोग गर्नुपर्ने भन्नेमा जान खोजिरहेको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot