Logo

वर्षा रोकिएपछि नेपाल र यूएईबीचको खेल सुरू हुँदै



काठमाडौं, १८ वैशाख । । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल पानी रोकिएको फेरी सुरू हुन लागेको छ ।

मैदानको कभर हटेको छ । ग्राउण्ड स्टाफ पिच सफा गर्दैछन् । खेल १०ः५० मा पुन सुरु गर्ने निर्णय अम्पायरले गरेका छन् । भने ओभर घटाइएको छैन । । जारी खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १६ ओभरमै मात्र ६० रन बनाएर ५ विकेट गुमाईसकेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी,सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्