काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित कडा टिप्पणी गरेका छन् । उनले पूर्वराजा शाहलक्षित गर्दै भने–‘तपाईँ हेर्नुभयो भने, हिजो इतिहासका कुना कर्कटमा मिल्काईएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ, इतिहासले अनि आम नेपाली जनताले इतिहासको कुना कर्कटमा, फोहोर फाल्ने ठाउँमा फ्याँकिसकेकाहरु पनि उठेर अझ पूर्वबाट रे, मेचीबाट । तपाईँहरुले हिसाब गर्नुभएको छ नि, मैले त्यसको जवाफ के भनेर दिएँ त–फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिएर दिएँ । त्यही फागुन १ गते हामीले त्यसमा गर्व गर्नुपर्दछ । त्यस्तो प्रवृत्तिको विरुद्ध हामी खडा हुनुपर्दछ ।’
अखिल नेपाल ट्रेड यूनियन महासंघको ८औं महाधिवेशनको अवसरमा प्रज्ञा भवन, कमलादीमा आज (सोमबार) सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले अहिले सबैभन्द्र भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोल्न थालेको भन्दै आफूलाई त्यो देख्दा अनौठो लागेको पनि टिप्पणी गरे ।