Logo

रविन्द्र मिश्रको चुनौती– आँट छ भने राजसंस्थाबारे जनमत संग्रह गरौं न



काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजसंस्थाका बारेमा जनमत संग्रह गर्न राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।
‘राजाले दाउ हेरेर मात्र राजतन्त्र पुनःस्थापना हुँदैन, जनताले दाउ हेरे मात्र हुने हो । (राजनीतिक दलहरुलाई) आँट छ भने राजसंस्थाबारे जनमतसंग्रह गरौं न । पार्टीको ह्वीप नलगाईकन जनतमत संग्रह गर्ने आँट छ ? स्वविवेक प्रयोग गर्न दिऊँ, अनि थाहा हुन्छ, जनताले के चाहेका छन् ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै मिश्रले भने ।
मुलुकमा संवैधानिक राजसंस्था अत्यावश्यक भएको पनि उनले औंल्याए । मिश्रले भने, ‘निभ्न लागेको दियो अलि बढी भर्भराउँछ भन्छन् । उहाँहरुमा पनि त्यही भइरहनुभएको छ । देशका लागि जे आवश्यक हो, परिस्थिति त्यही दिशातिर जाँदैछ । झापाकाण्डमा हत्या हिंसाका आरोप लागेपछि उहाँ (केपी शर्मा ओली) लाई राजा वीरेन्द्रले माफी दिएको होइन ? बोल्नुभन्दा अगाडि सोच्नु पर्दैन ? बेलायतमा अर्को हप्ता राजा चार्ल्सको राज्याभिषेक हुँदैछ, के बेलायती नागरिक सबैभन्दा काम नलाग्ने हुन् त ? अहिले उर्लेको खहरे गडगडाएको मात्र हो । यो शान्त हुनैपर्छ । देशमा राजसंस्था अत्यावश्यक छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot