Logo

यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट



काठमाडौं,१९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ ।
नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा पहिले टस जितेर नेपालले फिल्डीङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले खराब प्रदर्शन गर्दै २७ .२ ओभरमा १०६ रन बनाएपछि पानी आएर रोकिएपछि बाँकी खेल पुनः आज खेलाइएको थियो । आज यूएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यूएईलाई सामान्य लक्ष्यमा रोक्नेक्रममा नेपालका ललित राजवंशीले ४ विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका थिए ।
यूएईले दिएको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।

नेपालको जितमा नायक बनेका गुल्सन झाले शानदार अर्धशतक प्रहार गरे । उनले ८४ बलको सामना गर्दै ६ छक्का र तीन चौकाको मद्दतमा ६७ रनको विष्फोटक पारी खेले ।

त्यस्तै भीम सार्कीले ७२ बलमा चार चौकका प्रहार गर्दै नटआउट ३६ रन बनाएका छन् ।

ओपनरहरु कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्।
वलिङतर्फ यूएईका रोहन मुस्ताफाले दुई तथा आएन अफ्जल खानले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्