Logo

आफ्ना खेलाडीप्रति गर्व गर्दै यूएईले दियो नेपाललाई बधाई



काठमाडौं,एसीसी प्रिमियर कप क्रिकेटको उपविजेता बनेको यूएईले नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ ।

आज भएको फाइनल खेलमा नेपालसँग पराजित भएपछि एसिया कप खेल्न बाट बञ्चित भएको यूएईले नेपाल एसिया कपमा छनोट भएकोमा बधाई दिएको हो ।

आज भएको फाइनलमा नेपालसँग ७ विकेटले पराजित भएपनि यूएईको क्रिकेट बोर्डले ट्विटगर्दै लेखेको छ । ‘बधाई नेपाल । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल ७ विकेटले युएईलाई पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा छनोट भएको छ’ बोर्डले लेखेको छ,‘हामीलाई हाम्रा खेलाडीले गरेको प्रयासप्रति गर्व छ । हामी फेरि बलियो भएर आउनेछौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot