Logo

खरबारीमा लागेको आगो निभाउने क्रममा आमा-छोराको मृत्यु



ओखलढुंगा, वैशाख २५ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot