Logo

व्यक्तिगत र राजनीतिक चरित्रहत्या गरिएको भन्दै आरजुले निकालिन् विज्ञप्ती



काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले निराधार र कपोकल्पित आरोप लगाएकोमा आफ्नो ध्यानाकार्षण भएको बताएकी छिन् । आज (मंगलबार) एक विज्ञप्ती निकाल्दै उनले यस्तो बताएकी हुन् ।

उनको विज्ञप्ती यस्तो छ-

*प्रेस विज्ञप्ती*
पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।
नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो बिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु।
जय नेपाल ।
*डा. आरजु राणा देउवा*
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति : २०८० बैशाख १९ गते



प्रतिक्रिया दिनुहोस्