Logo

मेडिसिटीले निकाल्यो रविका चालकको निधनबारे यस्तो विज्ञप्ति



काठमाडौं,१९ वैशाख ।ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले रवि लामिछानेका सवारीचालक दिल बहादुर थापाको मृत्युबारे जानकारी गराएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै मृत्यु बारे सर्वसाधरणलाई जानकारी गराएको हो ।

अस्पतालकाअनुसार उनलाई अस्पताल ल्याई पुर्याउँदा अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिल बहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकोप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसाशल्यचिकित्सा विभागका प्रमुख प्रा।डा। गोपाल रमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा Traumatic Brain Injury with Diffuse Subarachnoid Hemorrhage with Intraventricular Extension अर्थात अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो । रक्तचापलाई सन्तुलनमा ल्याउदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बिच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्