Logo

परराष्ट्रमन्त्री साउदको बेलायत भ्रमण स्विकृत



काठमाडौं,१९ वैशाख । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको हो । चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते साउद नेपाल फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस्