Logo

बालेनले सबै नेता चोर हुन् भनेपछि हरि ढकालको जवाफ, तपाई हामी पनि चोर नै हो त ?



काठमाडौं, वैशाख २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंगलबार साँझ फेसबुकमा सबै नेता चोर हुन् भन्दै पोष्ट गरे । बालेलने फेसबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्– ‘नयाँ, पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन ।’

सोहीबीच बालेनेको उक्त टिप्पणीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले प्रश्न गरेका छन् । बालेनको उक्त पोष्टमा कमेन्ट गर्दै सांसद ढकालले भनेका छन्– ‘बालेन तपाई पनि नयाँ हो, म पनि नयाँ हुँ, के हामी दुवै चोर हौँ त ?’



प्रतिक्रिया दिनुहोस्