Logo

अमरेशकुमार सिंह ७ वर्षमा अर्वपति बनेको भन्दै सम्पत्ति छानबिनको माग (भिडिओसहित)



काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले नेपालमा ०६२/६३ को जनआन्दोलनपछि नेपालमा अमरेश कुमार सिंहले विदेशी भित्र्याएको आरोप लगाएका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले भने–‘नेपालमा विदेशीको अखडा जोत्ने को हो नेपालमा ? २०६२/०६३ को आन्दोलनपछि नेपालमा विदेशी भित्र्याउने अमरेशकुमार सिंह हो ।’

उनले अमरेशकुमार सिंहको सम्पत्ति छानबिनको माग गरे । उनले ७ वर्षभित्रै अमरेशकुमार सिंह अर्वपति बनेको पनि आरोप लगाए । उनले कांग्रेसले अमरेशलाई पार्टीबाट कारबाही गरिसकेकोले अब ढोका बन्द भैसकेको बताए ।

उनले भने,‘जिन्दगीमा अब अमरेशकुमार नेपाली कांग्रेसमा प्रवेश गर्न सक्दैन् । ठाकुरले अमरेशकुमार सिंहलाई भ्रष्टाचारी र गुण्डाको सरदारको संज्ञा दिए ।  अमरेशले आफूले चढ्ने गाडीदेखि अन्य घरजग्गा थुप्रै सम्पत्ति बेनाममा राखेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot