Logo

क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने सरकारको निर्णय



काठमाडौं, २० बैशाख । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि बजेट सुनिश्चित् गर्ने पनि निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot