Logo

दिपक मनाङे अब नायक



पोखरा, वैशाख २१ । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् ।

अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ ।

सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको ९० प्रतिशत छायांकन नेपालमा र एक गीतसहितको बाँकी छायांकन अस्ट्रेलियामा हुने अभिनेता श्रेष्ठले बताए । एक्सन र लभस्टोरी आधारित यो फिल्ममा ३ नायक र २ नायिका हुनेछन् ।

मनाङले पहिलोपटक फिल्म ‘वन वे’ निर्माण गरेका थिए । पछि उनले ‘पोइ प(यो काले’ र ‘२ नम्बरी’ मा पनि लगानी गरेका थिए । आफूले अभिनयमा डेब्यु गर्न लागे पनि छोरा सिद्धार्थलाई फिल्म ‘वन वे’मा उतारिसकेका थिए ।

गत ४ मंसिरको प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र सांसदमा निर्विरोध भएका मनाङले अहिले नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गरेका छन् । २०७४ सालको प्रदेशसभा चुनाव जितेर उनले गण्डकी प्रदेश सरकारको राजनीतिक खिचातानीबीच तीनपल्ट मन्त्री बन्ने सौभाग्य पाएका थिए ।

यसपालि भने कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन चाहेका छैनन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot