Logo

आजको मौसम : पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, वैशाख २१। आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभरको मौसममा सामान्य बदली रहेको र कर्णाली प्रदेशका १र२ स्थानमा हल्का वर्षा भइरहेको जनाउँदै महाशाखाले दिउँसोसम्म देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहने जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस्