Logo

नवनियुक्त तीन मन्त्रीको शपथ आज



काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसबाट नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त मन्त्रीलाई आज दिउँसो ३ बजे शपथ गराइने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए।

गत पुष १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसबीचमा ९ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । साथै, उनले प्रतिनिधि सभाबाट दुई पटक विश्वासको मत लिइसकेका छन् ।

तर अझैँ वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मा छन्।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot