Logo

काठमाडौं आउदै गरेका टोपबहादुर बीच बाटोबाटै सम्पर्कविहिन, जहाजको टिकट रद्द



काठमाडौं, वैशाख २१ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी  काठमाडौंका लागि हिँडेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्।

हतार–हतारमा कार्यक्रम सकाएर सभामुख देवराज घिमिरेसँगै सन्धिखर्क झरेका टोपबहादुर सुपदेउराली मन्दिर दर्शन गर्ने समयमा समेत सभामुख सँगै थिए ।

सभामुख  घिमिरे सँगै बुधबार भैरहवा विमानस्थलबाट काठमाडौँको जहाज टिकट काटेका रायमाझी अन्तिम समयमा टिकट रद्द गरेर सम्पर्कविहिन भएका हुन् । बुटवलमा रहेको छोरा सन्दीप रायमाझी पक्राउ परेको खवरपछि उनको फोन स्विचअफ भएको छ ।

सन्दीपलाई अहिले बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी रहेपनि प्रहरीले टोपबहादुर कहाँ छन भन्नेबारे पत्ता लगाउन सकेको छैन्। उनीहरु बावु छोराविरुद्ध नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेको छ ।

काठमाडौं जिल्ला अदालतले रायमाझी बावु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बुधबार दिनभर प्रहरीको सुरक्षामै रहेका टोपबहादुर बेलुकादेखि एकाएक वेपत्ता छन् । सन्दीपलाई भने अहिले बुद्व एयरको जहाजमार्फत काठमाडौँ ल्याईदैछ ।



प्रतिक्रिया दिनुहोस्