Logo

टोपबहादुरका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो, अदालतमा पेस गरिँदै



काठमाडौं, वैशाख २१ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई प्रहरीले भैरहवाबाट बुद्व एयरको जहाजमार्फत भर्खरै मात्रै काठमाडौं ल्याएको हो ।

प्रहरीले उक्त प्रकरणबारे थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा अदालतमा पेस गर्ने तयारी छ । भैरहवामै रहेका टोपबहादुर रायमाझीलाई समेत आज विहान प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि आजै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्