Logo

नक्कली भुटानी शरणार्थी प्रकरणबारे गगन थापाको टिप्पणी : ‘यो घटना होइन प्रवृत्ति हो, उच्च ओहोदा संलग्न भएपनि नछु्टुन्’’



काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल । ट्विटरमार्फत उनले  ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका हुन्।

‘यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन्।

 



प्रतिक्रिया दिनुहोस्