Logo

नक्कली शरणार्थी प्रकरण : फरार रहेका बादलका छोराले मुख खोले, भने-‘मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु’



काठमाडौं, वैशाख २१ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको भन्दै विज्ञप्तिमार्फत यस प्रकरणमा आफ्नो संलग्नता नरहेको र अनुुसन्धानमा सघाउने समेत प्रतिबद्धता जनाएका छन् ।

“मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएको प्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु,” विज्ञप्तिमा उल्लेख छ, “तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी फरार छन् ।

यस्तो छ सार्वजनिक विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्