काठमाडौं, २१ बैशाख । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएर जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई प्रहरीले भैरहवाबाट बुद्व एयरको जहाजमार्फत भर्खरै मात्रै काठमाडौं ल्याएर जिल्ला अदालतमा उपस्थित गराएको हो।
प्रहरीले उक्त प्रकरणबारे थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेस गर्ने तयारी गरिसकेको थियो।