Logo

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरातमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, २१ बैशाख । जिल्ला अदालत काठमाडौँले एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले सन्दीपलाई आज (बिहीबार) अदालतमा उपस्थित गराएर म्याद लिएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा सन्दीप हिजो बुटवलबाट पक्राउ परेका हुन् ।

प्रहरीले टोपबहादुर रायमाझीलाई पनि नियनत्रणमा लिएको समाचार आएको छ। तर, कतिपयले भने उनी आँफै आज दिउँसो २ बजे सम्पर्कमा आउनेगरि प्रहरीसँग नियमित सम्पर्कमा रहेको पनि दाबी गरिरहेका छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्