Logo

माधव नेपालपनि अयोग्य लडाकुलाई पैसा दिने निर्णयको विरोधमा, सुझाए यस्तो विकल्प



काठमाडौं, २१ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अयोग्य लडाकुलाई दुई लाखको दरले रकम दिने कुराको विरोध गरेका छन् । आज पार्टीको कार्यक्रमको सिलसिलामा धनगढी पुगेका नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘अयोग्य लडाकुलाई पैसा दिनेबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेताहरुले पनि सरकारको उक्त निर्णयको विरोध गरेका छन् ।

यही सन्दर्भमा अध्यक्ष नेपालले पनि मुलुक आर्थिक समस्यामा रहेको भन्दै सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने टिप्पणी गरेका हुन् । उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्