Logo

सरकारमा जाने वा समर्थन फिर्ता लिने भन्ने विषयमा रास्वपाले आज निर्णय गर्दै



काठमाडौं, वैशाख २२ । सरकारमा जाने, नजाने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले आज छलफल गर्दैछ। रास्वपा पार्टी कार्यालय बसुन्धारामा आज साँझ ५ बजे बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने वा सर्मथन फिर्ता लिने भन्ने विषयबारे छलफल हुन लागेको हो ।

गत सोेमबार बसेको बैठकले संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको थियो । त्यसअघि वैशाख १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटर पुगेका पार्टीका सभापति रवि लामिछानेबीच सरकारमा सहभागी हुनेबारे छलफल भएपछि प्रचण्डले सरकारमा सहभागी सत्ता साझेदार दलहरुसँग छलफल गर्ने र लामिछानेले पार्टीको बैठकमा उक्त कुरा राख्नेबारे छलफल भएको थियो ।

सरकारमा सहभागी हुन रास्वपाले उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम पुनःलेखन हुनुपर्नेसमेत रास्वपाको माग छ ।



प्रतिक्रिया दिनुहोस्