काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढि प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र हुन त ? भन्दै प्रश्न उठाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्-
छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा वढि प्रधानमन्त्रीहुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरु मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि होरु
विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ रु आउनुहोस् छलफल गरौ।