काठमाडौं, २२ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै व्यक्तिलाई कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेको भेटघाटबारे आलोचना गरेका छन् । उनले ओलीले प्रधानमन्त्री दाहालसँग गरेको भेटले पनि यो प्रकरणमा शीर्ष नेतृत्वसमेत संलग्न रहेको कुरा सजिलै अनुमान लगाउन सकिने आरोप लगाएका छन् ।
उनले लेखेका छन्–
नेपालिलाई भुटानि शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहमा संलग्न जाेसुकै ब्यक्ति किन नहाेस उसलाई कानुनि कठघरामा उभ्याउनुपर्दछ । पहिलाे चरणकाे अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकिय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन् । हिजाे र आज शिर्ष नेतृत्व तहमा देखिएकाे भेँटघाटले शिर्ष नेतृत्व समेत सलग्नता रहेकाे सजिलै अनुमान लगाँउन सकिन्छ ।
उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै सस्थागत रूपमा मन्त्रिपरिषदकाे बैठकले गरेकाे थियाे । यसबाट प्रष्ट हुन्छ – स्वयं सरकार नै नेपालिलाई भुटानि बनाउने काममा लागिपरेकाे देखिन्छ ।यसैले तत्कालिन सरकारकाे प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहिकाे लागि याेग्य हुनुहुन्छ । वहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याँउनुपर्दछ । नेपाली जनताहरूलाई जस्ताकाे तस्तै जानकारि गराँउनुपर्दछ ।