Logo

घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु



इलाम, वैशाख २३ । इलाममा मकाटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।



प्रतिक्रिया दिनुहोस्