Logo

‘आम नेपालीलाई लज्जीत बनाउने पातकीहरुलाई पाता फर्काइयोस’



काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य अजय बावु तिवारीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न जोसुकैलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका न् । उक्त प्रकरणमा संलग्नलाई दलीय संलग्नता नहेरी, विना मोलमोलाई अनुसन्धान अघी बढाउनसमेत उनले आग्रह गरेका छन्।

सरकारले देशका दुश्मनहरुलाई फरार हुनबाट रोक्नुपर्ने बताउँदै आम नेपालीको शिर निहुराउने, देशको विश्वसनियता घटाउने कार्यमा संलग्न जो सुकै किन नहुन त्यस्ता नैतिक हराम पातकीहरुलाई कानुनी रुपमै पाता फर्काउनै पर्ने समाजिक सञ्जालमा उल्लेख गरेका छन्। कार्वाही गर्न सरकारले खुट्टा कमाए जनता आफै कार्वाहीमा उत्रन सक्ने भन्दै उनले पछि पछुताएर अर्थ नहुने समेत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot