Logo

सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै



काठमाडौं, वैशाख २४ । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् ।

सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ ।

कायरास्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरबिया सरकारको सहयोगमा पानीजहाजबाट गत ३० अप्रिलमा जेद्दा सहर ल्याइएको थियो ।

जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली २ मेमा रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपालीमध्ये आठ जनालाई एयर अरबियाको उडानबाट काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्