Logo

मजदुरलाई ३ करोड बिगो



इटहरी, वैशाख २४ । इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरस्थित फूलबारी टोलमा रहेको सानो घरबाहिर काम गरिरहेको अवस्थामा भेटिइन्, दिलकुमारी विश्वकर्मा । उनी घरीघरी टोलाउँछिन्, घरी भावुक बन्छिन् त घरी श्रीमानले न्याय पाउने आशमा आफैसँग उत्तर खोज्छिन् ।

उनी अहिले निरन्तर कहिले उच्च अदालत विराटनगर त कहिले झुम्का कारागार पुग्छिन् । आफ्ना श्रीमान लालबहादुर विश्वकर्मा (गोपाल) झुम्का कारागारमा पाँच महिनादेखि छन् । उनलाई समाजले निर्दोष देखाउँदा अदालतले भने दोषी ठहर गरिदियो ।

‘पुस २६ गतेयता एउटा पनि पेसी भएको छ, जहिल्यै सरेको स¥यै छ’ उनी भन्छिन्, ‘वैशाख १९ गते पेसीका लागि बोलाइयो, उच्च अदालत विराटनगरमा जाँदा गोलाप्रथामा हाम्रो इजलास नै भएन, जति चोटी गए पनि दुई जना मात्रै न्यायधीश पर्नुभएको छ, पाँच महिनादेखि धाउँदा पनि एकैपटक पेसी आएन ।’

पेसी तोकिए पनि सर्दा आफू झनै समस्यामा परेको उनी सुनाउँछिन् । उनका अनुसार अदालतले अब जेठ ९ गतेका लागि पेसी तोकेको छ । ‘परिवारको अवस्था नाजुक, कमाउने मान्छे जेलमा हुँदा कहिले झुम्का कारागार धायो, विराटनगर धायो’ रोदन मिश्रित आवाजमा उनले भनिन् ‘अब हामीले न्याय पाउन ढुंगा, माटो मात्रै बोलेको छैन, अरू सबैले निर्दोष भनिरहेका छन् ।’

ज्वेलर्समा कालिगढका रूपमा कार्यरत लालबहादुरलाई अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

लालबहादुर इटहरी २० स्थित स्थानीय दीपक गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्समा मजदुर (कालीगढ)का रूपमा काम गर्थे । गजमेरले स्थानीय मानिससँग ब्याजको प्रलोभन देखाउँदै पासबुक नै बनाएर पैसा उठाउँथे । स्थानीयले पनि धेरै ब्याज आउने प्रलोभनमा पैसा राखे । तर, २०७४ सालमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सुन पसलमा छापा मारेपछि दीपकले गरेको बित्तीय कारोबार अवैध रहेको ठहरियो ।

इजाजतबिना बित्तीय कारोबार गरेको सीआईबीले पुष्टि गरेपछि दीपकविरुद्व २०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्व अर्को मुद्दा दर्ता भयो ।

अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा  प(यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगढका रूपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ साल पुस १९ गते फैसला आयो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्समा काम गर्ने मजदुर मात्रै थिए ।

लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका छन् । तर, सुनसरी जिल्ला अलदालतकी तत्कालीन न्यायाधीश निर्मला योङहाङले कसैको बयान नसुनी जबर्जस्ती लालबहादुरलाई दोषी ठहर गरेकी छन् । अदालतको फैसलामा लालबहादुर र प्रमुख प्रतिवादी तथा जाहेरीवालाले दिएको बकपत्रमै उनी निर्दोष रहेको देखाउँछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्