Logo

महेश बस्नेतले एक्कासी किन गरे एमाले र कांग्रेसको सहकार्य ? (भिडिओसहित)



काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले मुुलुकलाई राजनीतिक अस्थिरताबाट बचाउनको लागि एमाले र कांग्रेसबीच सहकार्यको आवश्यकत्ता औंल्याएका छन् । तर, त्यसको लागि कांग्रेसको बुद्धि पलाए राजनीतिक रूपमा सहकार्य गर्नसकिने उनको भनाई छ ।

आज (आइतबार) काँस्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । बस्नेतले कांग्रेस–एमालेबीचको सहकार्यकै कारण २०४६ सालको परिवर्तन, संविधानसभाबाट संविधान निर्माण भएको पनि स्मरण गराए ।

उनले भने,‘यो मैले आम जनताको भावना बोलेको हुँ, मेरो कुरा गरेको होइन। व्यापारी, उद्योगी, मिडियाका साथीहरू पनि के भन्नुहुन्छ भने, एमाले–कांग्रेसको ग्यापका कारण नोक्सान भयो अहिले जेजस्ता विकृति, विसंगति देखा परेका छन्, त्यसले पनि कांग्रेस एमालेबीच सहकार्य हुनुप¥यो। सत्ता साझेदारी गरे पनि नगरे पनि स्थिर सरकार दिने कुरामा लाग्नुप¥यो भन्ने सुझाव आएका छन्।’

सो क्रममा उनले अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणबारेको छानबिनमा आफ्नो पार्टीले सहयोग नै गर्ने विश्वास दिलाए । नेता बस्नेतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको नाम आएको सुनाए । झण्डै तीन सय रोपनी जग्गा अपचलन भएको उनको भनाई छ । उनले उक्त प्रकरण गम्भीर छानबिनको विषय हुनुपर्ने बताए ।

https://www.facebook.com/MaMaheshBasnet/videos/966247364388140

 



प्रतिक्रिया दिनुहोस्