Logo

भुटानी शरणार्थी प्रकरण : कसैको दबाबसामू नझुक्न प्रधानमन्त्री प्रचण्डलाई माधवको सुझाव



काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले सरकार कसैको दबाबमा पर्न नहुने पनि बताए ।

उनले प्रधानमन्त्री दाहाललाई यो प्रकरणमा दोषीलाई कारबाही गर्न खुट्टा दह्रोसँग टेक्न पनि सुझाव दिए । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यो प्रकरणमा संलग्न ठूला र साना कसैलाई पनि छोड्न नहुने टिप्पणी गरे । उनले भने,‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामु कुनै पनि हालतमा झुक्नु हुँदैन। बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुनै पर्छ।’ प्रधानमन्त्री दाहालले पनि आफू कसैको दबाबका सामू नझुक्ने बताईसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्