Logo

ओलीलाई लोहनीले फर्काए जवाफ : ठूला दलका नेता लुटेराका छाउरा



काठमाडौं, २४ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । उनले ठूला दलका नेताहरुलाई लुटेराको छाउराको संज्ञा दिए । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले राजावादीहरुलाई सामन्तको छाउरा भनेका थिए ।

त्यसको केही दिनपछि आज लोहनीले ओलीलक्षित कडा टिप्पणी गरेका छन् । पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब लुटेराहरुलाई देशबाट समाप्त पार्ने पनि चेतावनी दिए । उनले पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्मको अडान लिएको भन्दै यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहो¥याए । Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्