Logo

भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्छ : मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । अहिले उक्त प्रकरणमा हाईप्रोफाईल व्यक्ति मुछिएका छन् । र, प्रहरीले अनुसन्धान अघि बढाईरहेको छ ।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले यस्तो माग गरेका छन् । चौधरीले यो प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेतले स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री (केपी ओली) लाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

उनले भने,‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ। तत्कालीन समयमा मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ। मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यमा लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्