Logo

उद्योगी/व्यवसायीको समस्याप्रति नेपाल सरकार गम्भीर छ : उद्योगमन्त्री रिजाल



काठमाडौं, २४ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् ।    आज (आइतबार) काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भएपनि यसमा नेपाल सरकार गम्भीरतापुर्बक लाग्ने बताएका हुन् ।

कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाब दिन समेत उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्दीतर्फ जान नसक्ने समेत बताए । कार्यक्रममा Potential Investment Sectors of Nepal for Sustainable  Economy को सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्त्री रिजालले प्रस्तुत गरेको मन्तब्य :-

कार्यक्रमका अध्यक्षज्यू, विशेष अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा नमस्कार । Potential Investment Sectors of Nepal for Sustainable  Economy को यस सेसनमा अध्यक्षताको लागि आमन्त्रण गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।नेपालको वर्तमान संविधानले आफ्नो राष्ट्रिय हित अनुरूपआयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र पूर्वाधार विकासका लागि विदेशी पुँजी र प्रविधि लगानीलाई प्रोत्साहन र परिचालन गर्ने नीति लिएको छ।

पन्ध्रौं योजनाले दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०३० सम्ममा समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न ठूला पूर्वाधार आयोजना र प्राविधिक क्षेत्रमा विदेशी लगानी परिचालनमा जोड दिएको छ । विदेशी लगानीलाई आकर्षित गर्नका लागि हालसम्म फ्रान्स, बेलायत, मौरिसियस, फिनल्यान्ड र भारत गरी ५ मुलुकहरूसँग विप्पा सम्झौता भएको छ । एघार मुलुकहरूसँग दोहोरो करमुक्तिका लागि सम्झौताभएको छ ।

नेपाल सरकारले तोकेको क्षेत्रहरूमा स्वचालित प्रणालीबाट रु. १० करोडसम्मको वैदेशिक लगानी गर्ने लगानीकर्ताको विदेशी लगानीको स्वीकृति विद्युतीय माध्यमबाट स्वचालित प्रणालीबाटै हुने व्यवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०८० ले गरेको छ।

त्यसैगरी, लगानीकर्ताहरूका लागि एकै स्थलबाट सबै सेवाहरु प्रवाह गर्न उद्योग विभागमै एकल विन्दु सेवा केन्द्रको स्थापना गरिएको छ ।वैदेशिक लगानीको थ्रेसहोल्डलाई ५ करोडबाट घटाई २ करोड बनाइएको छ। नेपालको दिगो अर्थतन्त्रको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सरकारको प्राथमिकतामा रहेको छ। सोहि अनुरुप सरकारले बार्षिक नीति तथा कार्यक्रम एवम् बजेट मार्फत कार्यान्वयन गरिरहेको छ ।

निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख सम्वाहकको रूपमा अधिकार गई अर्थतन्त्र निर्माणमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको अन्त्यमा यस महत्वपूर्ण विषयमा कार्यक्रम आयोजना गरी अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी मार्गचित्र सम्बन्धमा विभिन्न व्यक्ति, संघ, संस्था तथा पदाधिकारीहरुलाई आमन्त्रण गरी महत्वपूर्ण अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु साथै कार्यक्रमका माध्यमवाट प्राप्त विचार सुझाव तथा पृष्ठपोषणको मन्त्रालय सदैव स्वागत गर्दै सो बाट आवश्यक सुधार गर्न मन्त्रालय प्रतिवद्ध छ। यस कार्यक्रमका बाँकी Session को समेत सफलताको शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य यही अन्त्य गर्दछु । धन्यवाद । जय नेपाल ।



प्रतिक्रिया दिनुहोस्

Screenshot