Logo

गगनको टिप्पणी : अब त अति भयो !



काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब अति भएको भन्दै विद्रोह गर्ने संकेत गरेका छन् । उनले पार्टीभित्रको असन्तुष्टिप्रति संकेत गर्दै अब अति भएको भन्दै विद्रोह गर्ने संकेत गरेका हुन् । उनले आफूले राखेको विषयले पार्टीमा प्रवेश नै नपाएको जिकिर गरे । उनले आफूले धेरै पटक प्रतिरोध गर्न खोेजेको पनि स्मरण गराए ।

उनले फेशबुकमा लेखेका छन्-

कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !



प्रतिक्रिया दिनुहोस्