Logo

सुदूरपश्चिम सरकारविस्तारका लागि मुख्यमन्त्री शाह काठमाडौंमा



काठमाडौं, २५ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारविस्तारका लागि मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौंमा रहेका छन्।

उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। मुख्यमन्त्री शाहसँग नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा, प्रदेश सांसद्‍ अक्कल रावल र ओमविक्रम भाटलगायतका नेताहरुपनि साथमा रहेका छन्।

प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री शाहलगायतको टोलीले सोमबार प्रधानमन्त्री पुष्कमल दाहालसँग भेटघाट गरेका छन् भने अहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न उनको निवास धुम्बाराही पुगेका छन्।

यस्तै, मुख्यमन्त्री शाहले आज नै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जित श्रेष्ठलाई भेट्ने कार्यक्रमपनि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

सो भेटघाटपछि मुख्यमन्त्री शाहले चाँडै नै सुदूरपश्चिम प्रदेश सरकारविस्तारका लागि आवश्यक निर्णयलिने तयारी गरेका छन्।

मुख्यमन्त्री शाह मंगलबार धनगढी फर्किने छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot