Logo

सांसद् अमरेश कुमार भन्छन् : बोल्न नदिएपछि कपडा खोलेको हुँ



काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले संसद्‍मा बोल्न नदिएपछि विरोध गर्दै कपडा खोलेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न खोजेपछि सभामुखले समय नदिँदा सांसद् अमरेशकुमारले माथिल्लो शरिरको कपडा फुकालेका थिए।

सांसद् अमेरशकुमारले कपडा खोलेपछि सभामुखले उनलाई ध्यानाकर्षणसमेत गराएका थिए।

संसद् भवनबाट बाहिरिने क्रममा सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन। यो बाहेक मेरो विकल्प थिएन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot