काठमाडौं, २५ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समयमा बोल्न चाहेका थिए । सोहीअनुसार उनले समयको माग गरेका थिए ।
तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका थिए । लगत्तै बोलेका एमालेका सांसद अच्यूतप्रसाद मैनालीले भने सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।
उनले सिंहको उक्त क्रियाकलापलाई मानव आतंकको संज्ञा दिए । उनले सो क्रममा आफ्नो जिल्लामा भएको हात्ति आतंकको बारेमा बोलेका थिए ।