Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा चित्रबहादुरको माग : मान्छे बेच्ने व्यापारीहरुलाई कडा कारबाही होस (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुक काण्डै काण्डबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै यो प्रकरणमा दुधको दुध र पानीको पानी छुट्याउन माग गरेका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठक बोल्दै सांसद केसीले भने–‘मान्छेको विक्रि वितरण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस । र, सदनको कामकारबाही सुचारु रुपमा अघि बढाउनुपर्छ ।’ उनले यो प्रकरण हेर्दा राज्य सत्तामा बसेकाहरुले नै गर्न हुने नहुने काम गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्